दाहसंस्कार गर्न लागिएको शिशुले श्वास फेरेपछि ……


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

चितवनमा अविवाहीत महिलाले जन्माएको एक शिशुको मृत्यु अन्त्येष्टी गर्न लागेपछि शिशुको उद्धार गरिएको छ । शिशुको मृत्यु भएको र अस्पतालमा डाक्टरहरुले बच्चलाई जटिल किसिमको समस्या भएको र उपचार सम्भव नहुनाले मृत्यु भएको भनेको भन्दै ति अविवाहीत महिलाको परिवारले अन्येष्टी गर्न देवघाट स्थित घाटमा पुर्याएका थिए ।

तर अत्येटीकालागि मलामी गएका धेरैले बच्चाले सास फेरिरहेको बताए पछि पुन अस्पताल फर्काइएको छ । प्रत्यक्ष दसी मध्येका एकले भने शिशुको दाहसंस्कार गर्न देवघाट लगेर पुर्न लाग्दा श्वास फेरेको देखियो त्यसपछि पुन अस्पताल ल्याइयो ।

चितवन मेडिकल कलेजमा आइतबार जन्माइएकी शिशुको मृत्यु भएको चिकित्सकले जनाएसँगै परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले अस्पताल र महिलाको परिवारको प्रपन्चमा यस्तो भएको हुन सक्ने अनुमान गरिएको बताए ।

त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । युवती अविवाहिता भएकी हुनाले उनको नाम र ठेगना गोप्य राखिएको उनको भनाइ थियो । उक्त अस्पतालले शिशुको सोमबार दिउँसो साढे १२ बजे निधन भएको परिवारलाई जानकारी गराएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com