लक्सो ट्याक्सीले नेपाली चालकलाई लक्षित गर्दै शेयर धनि कार्यक्रम ल्यायो


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

नेपालीहरुको लगानीमा स्थापित एप वेश ट्याक्सी कम्पनी लक्सोले नेपाली चालकहरुलाई लक्षित गर्दै शेयर धनी समेत बन्न सक्ने ‘लक्सो कन्र्भरटिबल नोट’ नामक प्रोत्साहन कार्यक्रम कार्यक्रम ल्याएको छ । एप वेश ट्याक्सी कम्पनी लक्सो राइडले नेपाली चालकहरुलाई कम्पनीको शेयर धनीका रुपमा लैजान लागेको हो ।

न्यूयोर्कमा रहेका नेपाली ट्याक्सी चालकहरुलाई शेयर राख्न आव्हान गरेको छ । आइतवार न्यूयोर्कमा सार्वजनिक कार्यक्रमको आयोजना गरी सबै चालकहरुलाई लक्सो एप प्रयोग गरी काम गर्न आव्हान गर्दै कम्पनीको मालिक समेत बन्न आग्रह गरेको छ । लक्सो राइड कम्पनीले फ्रेण्डस् एण्ड फेमिलीका लागि ‘लक्सो कन्र्भरटिबल नोट’ नामक यस्तो प्रोत्साहन कार्यक्रम ल्याएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयस श्रेष्ठले भने, हामी नेपाली चालकलाई लक्षित गरेर बजार बिस्तार गरेका हौं, हामीलाई तपाईहरुले सहयोग गर्नुस, लक्सो प्रयोग गरेर काम गर्नुस । श्रेष्ठले अमेरिकाका अन्य राज्यहरुमा समेत यसलाई लैजाने र उबर, लिफ्ट, जुनो जस्तै ठुला कम्पनीहरुसंग प्रतिस्पर्धा गर्ने लक्ष्य राखिएको बताए । न्यूयोर्क राज्यमा करिव पाँच हजार नेपाली चालक छन् ।

यसैबीच आइतवार भेला भएका नेपाली चालकहरुले नेप्लिज अमेरिकन ड्रार्भर एशोसिशन नामक संस्था स्थापना गर्ने निर्णय गरेका छन् । नेपाली चालकहरुलाई पर्ने समस्या र समाधानका लागि एकिकृत हुनका लागि यस्तो संस्था स्थापना गर्ने निर्णय भएको जनाइएको छ । यस्तो संस्थाको संयोजकमा रोकेश गुरुङ छन्, समिति बिस्तार गर्दै लगिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली चालकहरुको संस्था स्थापना गर्न लाग्ने पहिलो चरणको खर्च लक्सो कम्पनीले बेहोर्ने कम्पनीका शहदेव बानियाले जानकारी दिएका छन् । कम्पनीले हाल प्रति राइड १५ प्रतिशत मात्रै खर्च राखेर बाँकी ८५ प्रतिशत आम्दानी चालकलाई दिने गरेको छ । न्यूयोर्कमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेत लक्सो एप डाउनलोड गरी प्रयोग गर्न अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com