साउथ एशियन अमेरिकनहरुका बीच मुलधारको राजनीतिबारे छलफल
प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार
साउथ एशियन भोटर एशोसियशनले आइतवार न्यूयोर्कमा सार्वजनिक अन्तक्रिया कार्यक्रम गरेको छ । साउथ एशियन मुलुकहरुबाट अमेरिका आई स्थायी रुपमा बसोबास गरेकाहरु बीच यस्तो छलफल भएको हो । नेपाल, बंगलादेश, तिम्बत, पाकिस्तान र भारतिय मुलका अमेरिकी नागरिकहरु सहभागि कार्यक्रममा मतदान गर्ने अधिकार, जनगणना २०२० र यहाँको मुलधारको राजनीति बारेमा छलफल गरिएको छ ।
न्यूयोर्क सिटीमा निर्वाचित पदाधिकारीहरु एसेम्ली मेम्बर क्याटलिना क्रुज, कोष्टा कोन्स्टानटिनिडेज, डोनोभान रिचार्ड, रिजनल डिरेक्टर एन्ड्रिउ क्यूमो लगायत सहभागि कार्यक्रममा मतदान गर्ने प्रकृया, यसको अधिकार, अनलाइनमा दर्ता हुने प्रकृया बारेमा जानकारी दिइएको कम्यूनिटी लिडर तथा साभाका अध्यक्ष जोय चौधरीले जानकारी दिए ।
साउथ एशियन मुलुकहरुबाट आएकाहरुलाई अमेरिकी मुलधारको राजनीतिमा ल्याउन सहयोग पुराउने उदेश्यले यो संस्था स्थापना भएको जनाइएको छ ।






