नेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

नेपाल अमेरिका पत्रकार संघले प्रदान गदै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको १३ औ साधारण सभाको अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।

शर्माले लेखेको अमेरिकाको ‘ग्यास स्टोरमा जोखिम बन्दुकको निशानामा नेपाली’ शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुदै पुरस्कार जितेको हो । दर्जनौ प्रतिस्पर्धीमा उनको उक्त रिपोर्टिङले यस वर्षको नेजा पुरस्कार पायो । किरण मरहठ्ठा होम लम्साल र ज्योति देवकोटाले छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठहराएको हो ।

अमेरिकाको टेक्ससमा बसेर पत्रकारिता गदै आएका शर्मा नेपालमा रहँदा लामो समय कान्तिपुरमा आवद्ध भई काम गरेका थिए । अहिले पनि स्वतन्त्र पत्रकारिता गदै आएका शर्माको युएसनेपाल पोष्ट नामक अनलाइन पोर्टल समेत संचालनको तयारीमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com