अनिश्चितकालीन बन्दले विराटनगरको जनजीवन प्रभावित


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ ।

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासान्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । प्रदेश संसद्मा बहुमतप्राप्त नेकपाले यस्तो निर्णय गरेसँगै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु नागरिक दबाव समूह बनाएर संघर्षमा उत्रिएका हुन् ।

गठित शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् । स्वयं नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूहमा मिसिएको छ ।

प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com