झाडापखालाबाट तीन बालबालिकाको मृत्यु


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

सर्केगार्ड गाउँपालिकाको वडा नम्बर आठको राहदेउ फुचामा तीन जना बालबालिकाको मृत्यु भएको छ । केही दिन अगाडी गाउँमा फैलिएको झाडापखाला तथा ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका बालबालिकाहरुको मृत्यु भएको हो ।

संचार संम्पर्क समेत हुन नसकेको उक्त गाउमा तीन जना बालबालिकाको रुघाखोकी तथा झाडापखालाको कारण मृत्यु भएको स्थानीयले मौखिक खबर गरेको सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरी रहनु भएका स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति लबी रावतले बताउनु भयो।

हाल मृतक बालबालिकाको नाम नखुलेको र चिकित्सक सहितको टोली सोमबार औषधी सहित त्यसतर्फ जाने तयारी गरी रहेको उहाँले बताउनु भयो । अन्य बालबालिका पनि बिरामी रहेको खबर आएको उहाँले बताउनु भयो ।

यसै बीच जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खालीको नेतृत्वको टोलीले सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ । दुई दिनसम्म संचालन भएको शिविरमा ३१२ जना बिरामीको उपचार गरिएको सम्पर्क व्यक्ति रावतले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com