न्युयोर्कमा नेपाली उबर चालकमाथि आक्रमण, उबरले दिन मानेन आक्रमण गर्नेको विवरण


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

न्युयोर्कमा नेपाली उबर चालकमाथि आक्रमण भएको छ । न्युयोर्क निवासी ललितपुर चापागाउँका २२ बर्षीय सुसन थापामाथि शनिबार दिउसो ३ बजेर १५ मिनेट जाँदा एकजना महिलाले आक्रमण गरेकी हुन् ।

लङ आइल्याण्ड सिटीको २१ स्ट्रीट, ३४ र ३३ एभिन्युको बीचमा अन्दाजी ४० बर्षको हिस्पानिक महिलाले आफूमाथि आक्रमण गरेको थापाले बताएका छन् । आक्रमणपछि आफू केहीबेर बेहोस भएको र पछि प्रहरीलाई फोन गर्दा समेत प्रहरी २ घण्टा ढिलो आएको थापाले बताए ।

थापाका अनुशार सुरुमा ती महिलाले उबर पुल रिक्वेस्ट गरेकी थिइन् । उनले दिएको ठेगानामा पुगेर केहीबेर कुर्दा समेत उनी नआएपछि थापाले रिक्वेस्ट रद्द गरेका थिए । केहीबेरपछि ती महिलाले दोश्रोपटक उबर पुल रिक्वेष्ट गरेकी थिइन् ।

थापाले भने –‘म त्यसपछि उनलाई पिकअप गर्न उबरले दिएको गन्तब्यमा पुगें । तर त्यहाँ उनी थिइनन् । उनको फोन कल आएपछि मैले आफूले प्रतिक्षा गरेको लोकेशन बताएँ । तर उनले लोकेशन फेला नपारेको भन्दै अत्यन्तै आक्रोशित भएर गालीगलौज गरिन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘त्यसपछि मैले उनको पुल रिक्वेस्ट रद्द गरें । लगत्तै उनी गाडी भएको स्थानमा आइन् । अनि जोडजोडसँग गाडीको सिसा र ढोकामा हानिन् । अनि ढोका समातेर तानिन् । पछाडि अरु यात्रीपनि थिए । उनी सिटमा बसेर आफूलाई म्यानहटन लैजान भनिन् । मैले उनको उबर रिक्वेस्ट रद्द भइसकेकाले लैजान नसक्ने बताएँ । तर उनले गाली गलौजसँगै ममाथि आक्रमण गरिन् ।’ घटनाबारे बताउँदै थापाले भने ।

‘उनले मेरो टाउकोमा मुक्का र प्रहार गरिन् । त्यसपछि म केहीबेर बेहोस भएछु । उनले मेरो आइप्याडपनि फोडिदिइन् । म होसमा आएपछि प्रहरीलाई फोन गरें । तर प्रहरी पनि झण्डै २ घण्टा ढिलोमात्र आयो ।’ थापाले खसोखासलाई बताए ।

आक्रमणपछि थापा उपचारका लागि क्वीन्सको माउन्ट साइनाई अस्पतालमा गएका थिए । शनिबार बेलुका उपचारपछि उनले अहिले घरमा नै आराम गरिरहेका छन् । आइतबार दिउसो आफूलाई पटकपटक बान्ता भएको थापाले बताएका छन् । आक्रमणका कारण उनको अनुशार सुन्निएको छ भने अनुहारमा चोट समेत लागेको छ ।

आक्रमण गर्ने महिलाको विवरणका लागि उनले उबरमा सम्पर्क गरेपनि उबरले भने विवरण दिन अस्वीकार गरेको छ । प्रहरी आइपुग्दासम्म ती आक्रमणकारी महिला त्यहाँबाट भागिसकेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com