हवाई जहाजमा आगो लाग्याे, कम्तीमा ४१ जनाको मृत्यु 


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लागेको हो ।

अवतरण लगत्तै विमानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जल्दै गरेको विमानबाट निस्कनका लागि यात्रुले आपतकालीन द्वारको प्रयोग गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ । सीएएनले ट्विटरमा राखिएकाे भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्। उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त जहाज सुखोइ सुपरजेट-१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।

समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्‌कालीन सङ्केत जारी गरेका थिए। तर आपत्‌कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ।

‘फ्लाइटरेडार२४’ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्‌कालीन अवतरण भएको थियो।

रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ। उसको विज्ञप्तिमा आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ। संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन। एजेन्सी 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com