ललितानिवासको जग्गा फर्काउने सरकारको तयारी


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो । अब बस्ने मन्त्रिपरिषद बैठकमा अतिक्रमित सार्जजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ । स्रोतका अनुसार उक्त प्रस्ताव सतिव गोपीनाथ मैनालीले तयार गरेका थिए । मन्त्री अर्यालको ललितानिवासलगायत देशभर व्यक्तिका नाम गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको बताइन् ।

उनले आइतबार मन्त्रालयमा केही संवाददातासँगको भेटमा भनिन्, ‘ललितानिवासलगायत देशभर अतिक्रिमित भएका जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव जान्छ ।’ याे समाचार भुवन शर्माले नागरिकमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com