रेड लाइट एरियाको विकशित रुपः पोखरामा ‘इञ्जोय जोन’ बनाइने


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

पोखरामा मनोरञ्जनात्मक क्षेत्र (इञ्जोय जोन) बनाइने भएको छ । गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको हो ।

इञ्जोय जोन भनेको रेड लाइट एरियाको विकशित रुप हो । रेडलाइट एरियामा यौन क्रियाकलाप मात्रै हुन्छ । इञ्जोय जोनमा खाने, बस्ने, सुत्ने सहित यौनजन्य क्रियाकलाप लगायत मनोरञ्जनात्मक सबै कुरा खुल्ला हुन्छ ।

यसअघी मुख्यमन्त्री पृथ्वी गुरुङले रेडलाइट एरिया खोलेर यौनजन्य क्रियाकलापलाई वैद्यता दिएर कर उठाउनुपर्ने विषयमा बहस चलाउनुपर्ने बताएका थिए । तर उनको अभिव्यक्तिलाई नागरिक स्तरबाट बिरोध भएको थियो । त्यसपछि रक्षात्मक भएका मुख्यमन्त्री गुरुङले आफ्नो बचाउ गर्दै आफूले रेडलाइट एरिया खोल्नुपर्छ भनेर नभनेको प्रष्टीकरण दिएका थिए ।

अहिले फेरि इञ्जोय जोनको अवधारणा अघि सारिएको छ । जुन मुख्यमन्त्रीकै योजनासँग मिल्दोजुल्दो छ । यद्वपी यसको नेतृत्व अहिले मुख्यमन्त्रीले नभई पर्यटन, वन तथा वातावरणमन्त्रीले विकास लम्सालले गरेका छन् । पर्यटनमन्त्री लम्सालले रेडलाइट एरिया भनेर तुच्छ बनाउनुभन्दा यसलाई इञ्जोय क्षेत्र भनेर सामान्यीकरण गर्नुपर्ने बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार इञ्जोय क्षेत्रमा मनोरञ्जनात्मक रुपमा पर्ने सबै कुरा हुनेछन् । इञ्जोय जोनमा गइसकेपछि पर्यटकले चाहेको सबै आनन्द र स्वाद लिन पाउने खालको बनाइने मन्त्री लम्सालले स्पष्ट पारे । जसमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङदेखी ज्याकोजीसम्म हुनेछ । त्यस्तै इञ्जोय जोनमा लागू पदार्थसमेत सेवन गर्न पाइने ब्यबस्था हुनेछ । जसमा गाँजा, भाङ, धतुरोदेखी मदिराजन्य सबै तथा यौन तथा यौनजन्य क्रियाकलाप गर्न तथा गराउन पाइनेछ ।

इञ्जोय क्षेत्रमा सुरक्षाको पूर्ण ज्ञारेन्टी हुने मन्त्रालयले जनाएको छ । इञ्जोय जोनमा प्रहरी प्रशासनको पहुँच हुने छैन । भित्र कुनै लफडा वा लडाईं झगडा भइहाले त्यहिंको आन्तरिक प्रशासनले हेर्ने व्यवस्था राखेर इञ्जोय क्षेत्र बनाउने तयारी गरिएको मन्त्री लम्सालले जानकारी दिए ।

इञ्जोय क्षेत्र बनाउनका लागि बजेटसमेत विनियोजन भएको मन्त्री लम्सालले जानकारी दिए । उनका अनुसार पर्यटनमा नया प्रोडक्ट थप्नका लागि अध्ययन, अनुसन्धान र डिपिआर तयार गर्न प्रदेश सरकारले ९ करोड बजेट छुट्याएको हो । सो रकमबाटै इञ्जोय क्षेत्रको डिपिआर तयार गर्ने तयारी थालिएको उनको भनाई छ । यो आर्थिक वर्षको अन्त्य सम्ममा डिपीआर तयार गरिसक्ने लक्ष्य लिइएको उनले बताए ।

इञ्जोय जोन पोखरामै बनाइने मन्त्री लम्सालले बताए । उनले भने,‘पोखरामै हुन्छ, तर सहरको केन्द्र भागमा भन्दा केहि पर, कोलाहल नभएको शान्त र त्यसले समाजमा असर नपार्ने ठाउँको खोजी हुनेछ ।’ इञ्जोय जोन बनेपछि पर्यटक आकर्षित हुने, पर्यटकको संख्यामा बृद्धि हुने र आएका पर्यटकको बसाई लम्विने मन्त्रालयको ठम्याइ छ ।

इञ्जोय क्षेत्र बनाउने पर्यटन मन्त्रीको योजनामा पर्यटन व्यवसायीहरुपनि सहमत देखिएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल समाजलाई असर नपर्नेगरी एकान्त ठाउँमा इञ्जोय खोल्न सकिने बताउँछन् ।

समाजमा अहिलेपनि यौन क्रियाकलाप प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भइरहै छन्–उनले भने,‘यो मानवीय आवश्यक्ता हो, पर्यटकहरु रमाइलो गर्नकै लागि आएका हुन्छन्, यदी सरकारले यसलाई ब्यबस्थित गरेर लैजान सक्छ भने यो सञ्चालनमा ल्याउनु राम्रो कुरा हो ।’ तर यसबाट सामाजिक विकृति भने भित्रन नहुने उनको भनाई छ ।

इञ्जोय क्षेत्रबाहेक अन्य क्षेत्रमा भने त्यस्ता क्रियाकलाप पूर्ण रुपमा निशेध गर्नुपर्नेसमेत उनले बताए । इञ्जोय जोनले पर्यटकलाई आकर्षित गर्ने र त्यसले पर्यटको आगमनमासमेत बृद्धि ल्याउने उनले बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनपनि राज्यले नीति नियम बनाएर इञ्जोय जोन बनाउन तयार हो भने त्यो राम्रो कुरा भएको बताउँछन् । तर सो क्षेत्र सुरक्षित र मर्यादित हुनुपर्ने उनको भनाई छ । अहिले लुकीछिपी भइरहेकोलाई ब्यबस्थित बनाउने त हो नि–उनले भने,‘तर इञ्जोय जोनप्रति समाजले कसरी हेर्छ भन्ने कुराले यसको भविष्य निर्धारण हुन्छ ।’ उनले इञ्जोय जोनले पर्यटक बढाउनेमा दुइमत नरहेको बताए ।

होटल तथा रेष्टुरेण्ट एसोसियन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले पनि पर्यटक भुलाउने र आकर्षित गर्ने इञ्जोय जोन बनाउने प्रदेश सरकारको कदम स्वागत योग्य भएको बताए ।

निश्चित क्षेत्र तोकिसकेपछि अन्य ठाउँमा भने रोकिनुपर्ने भन्दै उनले भने,‘पर्यटक आकर्षित गर्न र आएका पर्यटकलाई भुलाउन यो अत्यन्त आवश्यक छ, तर एक ठाउँमा राखिसकेपछि अर्को ठाउँमा भने जथाभावी नफैलियोस् ।’ सहरलाई छोएको कुनै क्षेत्रमा इञ्जोय जोन बनाउन उपयुक्त हुने भन्दै यसले पर्यटनमा टेवा पु¥याउने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com