न्युयोर्कमा देखाइयो नालापानीको कथा, झल्कियो नेपालीको विरताको इतिहास


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइएको हो ।

दिउसो ३ बजेदेखि लेफ्राक सिटी लाइब्रेरीमा देखाइएको बृत्तचित्रमा नेपालीको विरताको गाथा झल्किएको थियो । नालापानीको युद्धको ऐतिहासिकताबारेका कैयन रोचक प्रसंगहरुलाई समेटेर तयार पारिएको बृत्तचित्र सबै उमेर समुहका नेपालीहरुले हेरेका थिए ।

क्वीन्स नेपलिज लायन्स क्लबका अध्यक्ष पुरुषोत्तम पन्थीको सभापतित्वमा गरिएको कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत पुष्प भट्टराई हुनुहुन्थ्यो । भट्टराईले कम्प्युटरको किबोर्डबाट बृत्तचित्र प्रदर्शनको उद्घाटन गर्नुभएको थियो । संचारकर्मी हरिशरण लामिछानेको विशेष उपस्थीतिमा बृत्तचित्र देखाइएको थियो ।

बृत्तचित्र प्रदर्शनबाट संकलित रकम क्वीन्स लाइब्रेरीमा संचालित नेपाली भाषा शिक्षालयका लागि खर्च गरिने भएको छ । हरेक शनिबार संचालन हुने भाषा शिक्षामा झण्डै ४० जना नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति र नैतिक शिक्षा प्रदान गरिदै आएको छ ।

१२ जनाभन्दा धेरै स्वयंसेवक परिचालित उक्त शिक्षालयमा निशुल्क रुपमा भाषा सिकाइदै आएको छ । मार्चको अन्तिम साताबाट नेपाली भाषा शिक्षा संचालन गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com