याे सरकार राष्ट्रपतिकै हाे : प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु कुनै नौलो कुरा नभएको स्पष्ट पारेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै भएको बताए ।

उनले भने ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान, मैले बनाएको मेरो मात्र हो र ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । ‘मेरो सरकार’को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्छ । राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले ‘राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो’ । र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।’

यस्तो अन्तर्‍ाष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । अन्य मुलुकका कुरा पनि छाडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्काे पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइगभर्मेन्ट’ भन्ने चलन छ ।

भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माइगभर्मेन्ट’ भनेका छन् । त्यहाँको राष्ट्रपतिले के डेमोक्रेशी नबुझेर यस्तो भनेका हुन् ? अनि हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीले भने ‘यो सरकार जननिर्वाचित हो र विद्या भण्डारी जननिर्वाचित राष्ट्रपति हो । एक्काइशौं शताब्दीमा संसारभरका लोकतान्त्रिक संसदमा सम्बोधन गर्दा ‘माइगभर्मेन्ट’ नै भन्ने गरिन्छ । राष्ट्रपतिले कसको सरकार भन्ने ? के निबन्ध पढ्ने ?

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभयो भनेर आलोचना गर्नेहरुले आजको दुनियाँ थाहा पाउनुपर्‍यो । ‘मेरो सरकार’ भन्ने हैसियत राखेरै राष्ट्रपति संसदमा सम्बोधन गर्न अौनुहुन्छ । उहाँ राष्ट्रको अभिभावक हो । संविधानको संरक्षक हो । के हामीले स्थापना गरेको प्रणलीको गरिमा बुझेका छैनौं?

‘मेरो सरकार’ भन्ने सामान्य अभ्यास हो । हामीले स्थापना गरेको प्रणालीको गरिमा बुझेनौं । राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नागरिकबाट निर्वाचित राष्ट्रपतिको गरिमा नबुझेको हो कि राजतन्त्रात्मक मानसिकताबाट हामी मुक्त हुन नसकेको हो ? यस सम्बन्धमा सबैजनाले सार्थक बहस गर्न जरुरी छ । मिडियाले सार्थक बहसको नेतृत्व लिनुपर्छ ।’

शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले २१ पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थीइन् । राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com