‘कम्पन’ का दुबै संस्करण गुगल ईबुकमा, विश्वका ८० देशमा गुगल प्ले स्टोरबाट किन्न सकिने


प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनका दुबै संस्करण गुगल ईबुकमा उपलब्ध भएका छन् । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनका दुबै संस्करण आजदेखि गुगल ईबुकमा उपलब्ध भएका हुन् ।

विश्वभरका ८० देशहरुमा रहेका गुगल प्ले स्टोरबाट कम्पनको ईबुक पचास प्रतिशत छुटमा किन्न सकिन्छ । गुगल ईबुकमा पुस्तकको मुल्य ९ डलर ९९ सेन्टस रहेको छ । पेपल, गुगल प्ले ब्यालेन्स, गुगल पे वा बैंक कार्डमार्फत ईबुकबाट पुस्तक किन्न सकिन्छ ।

 

गुगल ईबुकमा कम्पनको पहिलो संस्करण

गुगल ईबुकमा कम्पनको दोश्रो संस्करण

एन्ड्रोइड र आईप्याड, आईफोन प्रयोगकर्ताले गुगल प्ले बुक्स एप्लिकेशन डाउनलोड गरेर उक्त एपमार्फत पढ्न सक्नेछन् । त्यस्तै ल्यापटप र कम्प्युटरमा वेव ब्राउजर प्रयोग गरेर गुगल प्लेबाट पुस्तक किनेर पढ्न सकिनेछ । सोनी ईरिडर, ब्रान्स एण्ड नोबल नुक जस्ता ई लिंक डिभाइस प्रयोगकर्ताले पनि फाइल डाउनलोड गरेर डिभाइसमा ट्रान्सफर गरेर पढ्न सक्छन् ।

कम्पनको पहिलो संस्करण २ सय २० पृष्ठको रहेको छ भने दोश्रो संस्करण २ सय ५६ पृष्ठको रहेको छ । दुबै संस्करणको प्रकाशन नमस्ते मिडिया इन्कले गरेको हो । दोश्रो संस्करण प्रिन्ट भर्सनको औपचारिक लोकार्पण मे १२ मा न्युयोर्कमा गरिदैछ ।

कम्पनको पहिलो संस्करणको प्रिन्ट भर्सन सोल्डआउड भइसकेकाले दोश्रो संस्करण अमेरिकामा बस्ने नेपालीहरुले अमेजन, गुगल बुक्स र फेसबुक शपमार्फत किन्न सक्नेछन् । जसको मुल्य १९ डलर ९९ सेन्टस रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com