बेलायतमा चार नेपालीले जिते चुनाव !


प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए ।

बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा उल्ट्याएर केसीले जितेका हुन् ।

लिबेरल डेमोर्क्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वा्चित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोर्क्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् । डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वातित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com