बंगालको खाडीमा आएको चक्रवातको असर आइतबारसम्म, वर्षासँगै हिमपात हुने


प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।

शनिबार पूर्वीसँगै मध्य र  पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com