समायोजन भएका कर्मचारीहरुको गुनासो सम्बोधन हुन्छ : मन्त्री पण्डित
प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको कामलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ ।सोही कानुनी व्यवस्था अनुसार कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको उनले बताए ।
उनले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको बताए ।