फेनिको प्रभाव नेपालमा पनि : खराब मौसमको कारण आन्तरिक उडान अवरुद्ध
प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार

खराब मौसमको कारण काठमाडौंको त्रिभुवन विमानस्थलबाट छुट्ने आन्तरिक उडान अवरुद्ध भएको छ । जसको कारण बुध्द एअरको २ उडान र सौर्य एअरको एक उडान डाइभर्ट गरिएको छ । अन्तराष्टिय उडान भने नियमित नै रहेको छ ।
भारतको उडिसा हुँदै आएको सामुन्द्रिक आँधी फेनीले पश्चिम बंगाल र झारखण्डका केही भूभाग हुँदै नेपालकाे माैसममासमेत प्रभाव पारेकाे छ ।
मौसमवीद वरुण पौडेलका अनुसार फेनीका कारण नेपाली पूर्वी भागमा शनिबार र अैतबार दिनभरी बद्ली र वर्षा हुने छ ।
काठमाडौंमा भने मौसम बद्ली हुने र क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सोमबारबाट भने मौसम सफा रहने उनको भनाई छ ।