नवलपुरमा हावाहुरी र वर्षा, सतर्क रहन मौसमविदको आग्रह
प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार
Residents enjoying rain at Sukhna Lake in Chandigarh on Thursday, August 04 2016. Express Photo by Sahil Walia
नवलपुरमा हुरीबताससहित भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ । हुरीबतास आएपछि जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।
मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।
कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण दुर्घटना हुन डरले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जानकारी दिनु भयो । कावासोती नगरपालिकाका सबै विद्यालय भने आज बन्द भएका छन् ।






