सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ । शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण ज्यान गएको ओमान अबसर्भरले जनाएको छ । शियाबीले सन् २०१० को मे २३ मा सगरमाथा चढ्नु भएको हो ।
शियाबीको मृत्युका कारण ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताउनुभयो ।
राजदूत ढकालले मंगलबार शियाबीको परिवारलाई उहाँकै निवासमा भेटेर समवेदना प्रकट गर्नुका साथै पार्थिव शरीरमा श्रदाञ्जली व्यक्त गर्नुभएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।