न्युयोर्कमा देखाइदै नालापानीको कथा


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइने भएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइन लागेको हो ।

४ मे शनिबार दिउसो २ बजेदेखि लेफ्राक सिटी लाइब्रेरीमा बृत्तचित्र देखाइने भएको छ । ९८३० ५७ एभिन्यु कोरोनामा रहेको क्वीन्स लाइब्रेरीमा बृत्तचित्र देखाइने क्वीन्स नेपलिज लायन्स क्लबका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिनुभयो ।

बृत्तचित्र प्रदर्शनबाट संकलित रकम क्वीन्स लाइब्रेरीमा संचालित नेपाली भाषा शिक्षालयका लागि खर्च गरिने जनाइएको छ । हरेक शनिबार संचालन हुने भाषा शिक्षामा झण्डै ४० जना नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति र नैतिक शिक्षा प्रदान गरिदै आएको छ ।

१२ जनाभन्दा धेरै स्वयंसेवक परिचालित उक्त शिक्षालयमा निशुल्क रुपमा भाषा सिकाइदै आएको छ । मार्चको अन्तिम साताबाट नेपाली भाषा शिक्षा संचालन गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com