बालुवाटार जग्गा प्रकरणमा जुनसुकै पार्टीको भए पनि सरकारले तत्काल कारबाही गर्नुपर्छ : कांग्रेस नेता केसी


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बालुवाटार जग्गा प्रकरणमा संलग्न जो भए पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउबाको पनि नाम मुछिएपछि केन्द्रीय सदस्य केसीले यस्तो बताएका हुन्

‘जुनसुकै पार्टीको जोसुकै भए पनि गलत मान्छेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ,’ बिहीबार बिर्तामोडमा प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने, ‘निष्पक्ष छानविन गरेर तत्काल कारबाही हुनुपर्छ भन्ने अभियानमा म लागेको छु ।’ उनले यो प्रकरणमा चुप लागेर नबस्न कार्यकर्ता र सर्वसाधारणलाई समेत आग्रह गरेका छन् ।

यस प्रकरणमा सभापति देउवा मुछिएकोबारे प्रकाशित समाचार आफूले राम्ररी पढेको नेता केसीले बताए । यद्यपि, हालसम्म पार्टीभित्र यसबारे कुनै छलफल नभएको उनको भनाइ थियो ।

सरकारको आलोचना नेता केसीले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । ‘प्रधानमन्त्रीले मजदुरका दुःखका दिन गए भनेको समाचार देखेँ, तर उहाँकै गृहजिल्ला झापामा ३३ दिनदेखि चिया मजदुर आन्दोलनमा छन्,’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, ‘हावादारी सपना नदेख्न र झुटको खेती नगर्न म उहाँलाई सुझाव दिन्छु, ठूल्ठूला कुरा गर्नुभन्दा जनताका न्यूनतम आवश्यकता पूरा गर्नतिर लाग्नु राम्रो हो ।’ ओली नेतृत्वको सरकार बनेदेखि नै संविधानमाथि प्रहार सुरु भएको उनले बताए ।

सम्पूर्ण शक्ति प्रधानमन्त्रीले आफ्नो हातमा लिएको बताउँदै उनले स्वतन्त्र न्यायपालिकामाथि पनि एकपछि अर्को गर्दै हस्तक्षेप र नियन्त्रण गर्ने काम भैरहेको उल्लेख गरे । लोकतन्त्रको आवरणमा सरकारले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरिरहेको उनको भनाइ थियो ।

कम्युनिस्ट सरकार आएयता मुलुकमा भ्रष्टाचार बढेको केसीले दाबी गरे । ‘भ्रष्टाचारसम्बन्धी कुनै पनि केस टुंगो लागेको छैन, भूमाफिया बग्रेल्ती बढ्दा पनि सरकार चुपचाप छ,’

उनले भने, ‘राजस्व अनुसन्धानको नेतृत्व स्वयम् प्रधानमन्त्रीको हातमा छ, तर केही पनि पत्ता लाग्दैन ।’ कम्युनिस्ट सरकार आएयता सर्वसाधारणलाई करको भारले थिचेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com