कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या
प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

कुवेतको मंगाफमा स्थित एक नेपाली महिलाद्वारा आफ्नै प्रेमिको चक्कु प्रहार गरी हत्या भएको छ।
रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमिकाले चलाएको चक्कु लागेर ज्यान गएको हो।
बिगत चार वर्ष देखी प्रेमिका माया गुरूँङ अबैधानिक रूपमा खेमसंग बसोवास गर्दै आएकी र मृतक खेम हालै मात्र कम्पनी परिवर्तन गरी बैधानिक रूपमा नयॉ कम्पनीमा कार्यरत रहेको बुझिएको छ।साथै घटना घटेको भबनमा अन्य केही अबैधानिक नेपालिहरु पनि रहेको तथा त्यस भबनका अन्य अपार्टमेन्टमा समेत कुवेत प्रहरीले छापा मारी अन्य अबैधानिक नेपाली कामदारहरुलाइ पनि पक्राउ गरिएको प्रतक्षदर्शिहरुले बताएका छन।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रेमिका गुरुङलाई कुवेत पुलिसले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतकको लाशलाइ पनि परिक्षणका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ ।
नेपाली दुतावासका दितिय सचिव ज्ञान बहादुर मगरले घटना बारे आधिकारिक निकायबाट जानकारी लिएर उचित छनिबिन सहित पिडितलाई कानुनी प्रकृया अनुसार न्यायदिलाउन आफुहरू लागिपर्ने तितोपाटी डट कमलाई बताए ।