के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? अब पाउनुहुनेछ सरकारी सुविधा !


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? वा कसैले तपाईंको अधिकार खोसेको छ ? छ भने नआत्तिनुहोस्, किनकि अब तपाईंले क्षतिपूर्तिबापत कुनै न कुनै प्रकारको सरकारी सुविधा पाउनुुहुनेछ ।

सरकारले यस्तै व्यवस्था समेटिएकोे ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । यो ऐनको नाम ‘राष्ट्रिय मानवअधिकार आयोग (पहिलो संशोधन) ऐन, २०७५’ रहेको छ ।

संघीय संसद्को बैठक सोमबार बोलाइएको छ । बैठक आह्वान भएसँगै विधेयक दर्ता हुनथालेको छ । योभन्दा अघि ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ दर्ता भएको प्रतिनिधिसभाको विधेयक शाखाले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com