जापानी सम्राट अकिहितोको राजगद्धी त्याग समारोह शुरु
प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

जापानी सम्राट अकिहितोको राजगद्धी त्याग समारोह इम्पेरियल प्यालेसमा मंगलवार शुरु भएको छ । तीन दशकसम्मको शाशन त्याग गर्ने समारोहको शुरुआत भएको हो । ८५ वर्षिय सम्राट दोस्रो विश्व युद्धपद्धि राजगद्धीमा बस्ने पहिलो जापानी शासक थिए । उनको राजगद्धी त्याग पनि दुई शताब्दीयताकै पहिलो हो ।
सम्राट अकिहितोले शान्ती,प्रजातन्त्र र एकताको प्रतीकका रुपमा आफूनो भूमिका सकृय रुपमा निर्वाह गरेका थिए । सम्राटलाई सबैले माया गर्ने र उनको छवी एक प्रेरणाको स्रोतका रुपमा रहेको बताइएको छ । अब राजगद्धीमा बस्ने सम्राटले पनि यही छवीको निर्माण गर्ने र मानिसहरुसँग नजिकको सम्बन्ध स्थापना गर्ने अधिकांश जापानीले विश्वास लिएका छन् । उनी लामो समयदेखि विरामी परिरहेको र आफ्नो बढ्दो उमेरका कारण जिम्मेवारी थप पुरा गर्न नसक्ने भन्दै सन् २०१६ मा उनले राजगद्धी त्याग गर्ने घोषणा गरेका थिए ।
उनले सूर्य देखि अमातेरासु ओमिकामि (जहाँबाट इम्पेरियल लाइनको जन्म भएको भन्ने मान्यत छ) समक्ष केही नमन गर्दै गद्धी त्याग कार्यक्रमको शुरुआत गरे । समारोहमा उनले पारम्परिक गाढा सुन्तला रंगको रोब र कालो ताज पहिरिएका थिए । उनको राजगद्धी त्याग पछि उनका उनको राजगद्धी त्याग पछि उनका छोरा नारुहितोलाई सम्राट बनाइने छ । यस समारोहमा सहभागि हुन जापानी र विदेशी पर्यटकको ठूलो घुँइचो लागेको थियो । राजगद्धी त्याग कार्यक्रम इम्पेरियल प्यालेसको मात्सु नो मा हलमा सरल तरिकाले आयोजना गरिने र यस समारोहमा ३ सय जना मानिसको सहभागिता हुनुका साथै यसलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिने छ । यसका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
मंगलवार सन् १९८९ को जनवरी ८ मा शुरु भएको हेइसेइको युगको अन्तिम दिन हो । यो युगले आर्थिक मन्दी, प्राकृतिक प्रकोप र तिव्र प्राविधिक परिवर्तन देखेको थियो । राजगद्धी त्याग र नयाँ सम्राटको राज्यारोहण सँगै विभिन्न उत्सवको मनाउने तयारी पनि जापानमा गरिएको छ ।