भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाकाे जग्गा सम्झौता खारेज


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८.५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो ।

‘भृकुटीमण्डपमा दुईवटा कम्पनीले छुट्टाछुट्टै तवरले मनोरञ्जनका स्टल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, टुकुचामा तरकारी बजार सञ्चालन हुँदै आएको थियो,’ सूचना अधिकृत भट्टराईले भने, ‘अब उल्लेखित दुवै ठाउँमा परिषदकाे अर्को आदेशविना फनपार्क र तरकारी बजार सञ्चालन गर्न पाइनेछैन । किनकि, उनीहरूसँगको भाडा सम्झौता आजैका मितिबाट खारेज गरिएको छ ।’

परिषद्का अनुसार फनपार्क र तरकारी बजारको भाडा सम्झौता अस्वाभाविक देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययनपछि सम्पूर्ण प्रतिवेदन सरकारलाई बुझाएको थियो । मन्त्रिपरिषद निर्णयपछि भाडा सम्झौता खारेज गर्न सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले लगत्तै मातहतको समाज कल्याण परिषद्लाई भाडा सम्झौता खारेज गर्न अर्को आदेश दिएको थियो । सोही आदेशपछि आइतबार बसेको परिषद्को बैठकले फनपार्क, ल्यामापुचः र हरितकृषि सहकारीसँग भएको भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

‘आजकै मितिबाट साबिक रूपमा सञ्चालन भइरहेका फनपार्क र तरकारी बजार कानुनी रूपमा अवैध ठहरिएका छन् । उनीहरू त्यहाँबाट अब हट्नुपर्छ,’ भट्टराईले भने । परिषद्का अनुसार भृकुटीमण्डपको ८३ रोपनीमध्ये काठमाडौं फनपार्कले ६० र ल्यामपुचःले २५ रोपनी जग्गा भाडामा लिएका थिए । सम्झौताअनुसार ल्यामपुचःले ०७८ सालसम्म भाडाको जग्गा उपभोग गर्न पाउनेछ । याे समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com