तीनदिने अमेरिका भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री नेपाल भोलि विहान न्युयोर्क आउँदै


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल भोलि मंगलबार विहान न्युयोर्क आउनुहुने भएको छ । विहान ९ बजे जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालको स्वागत गरिने प्रवासी नेपाली मञ्च अमेरिकामा महासचिव राधाकृष्ण देउजाले जानकारी दिनुभयो ।

पारिवारिक भ्रमणको दौरानमा अमेरिका आउने नेता नेपाल न्युयोर्कबाट लगत्तै कोलोराडो जानुहुने भएको छ । पार्टीको बैठक लगायत अन्य कारणले नेता नेपालको अमेरिका बसाई अत्यन्तै छोटो रहने जनाइएको छ ।

‘जस्तोसुकै व्यस्तताकोबीचमा पनि आफ्ना तमाम कार्यकर्ताहरुदेखि समर्थक शुभेच्छुकहरुसम्म सम्पर्कमा रहन चाहने उहाँको परिचय नै छ । त्यसै अनुसार अमेरिकामा रहँदा सम्भव धेरै साथीहरुसंग सम्पर्कमै रहनु हुनेछ ।’ –  देउजाले जानकारी दिनुभयो ।

कोलोराडो जाने क्रममा न्युयोर्कको जोन एफ केनडी विमानस्थलमा अलिक लामो ट्रान्जिट रहेकोले केहि घण्टा वाहिर निस्किएर भेटघाट गर्ने जनाइएको छ । नेता नेपालको अमेरिकाको बसाई जम्मा तीनदिनको रहने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com