नेपाल डे परेड सम्पन्न गर्न बन्यो कार्यकारी समिति


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

राष्ट्रिय गौरवको कार्यक्रम नेपाल डे परेड भव्य रुपमा सम्पन्न गर्नका लागि निमा शेर्पाको अध्यक्षतामा एक कार्यसमिति बनाइएको छ । न्यूयोर्कमा बिगत तिन बर्षदेखी आयोजना हुँदै आएको नेपाल डे परेड सम्पन्न गर्न, सार्वजनिक भेलाको आव्हान गरि यस्तो समिति बनाइएको हो ।

समितिको सदस्य सचिवमा अनन्त सुवेदी छन्, भने अन्य बिभिन्न संघ सस्थाका प्रतिनिधि गरि कुल ३७ सदस्यीय समिति बनाइएको छ । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष पदेन सदस्य रहने भेलाले निर्णय गरेको जनाइएको छ ।

नेपाल डे परेड इन्क नामक सस्थाबाट संचालन हुँदै आएको कार्यक्रम अब छनौट भएको यस समितिले संचालन गर्नेछ । दुई बर्षका लागि छनौट भएको समिति अध्यक्ष लगायत सदस्यहरुलाई परेडका पूर्व कन्भेनर तथा आदिवासी जनजाति महासंघ फिफ्नाका पूर्व अध्यक्ष लुईसाङ वाइबा, पूर्व कन्भेनर मंगलदास श्रेष्ठ र रविकिरण कोइरालाले शुभकामना दिँदै खादा ओडाएर सम्मान समेत गरेका थिए ।

सार्वजनिक रुपमा भेलाको आयोजना गरि बोर्ड गठन गर्ने माग भए बमोजिम नै समिति बनाइएको छ, अब हामी सबै मिलेर यसलाई सफल बनाऔं, पूर्व कन्भेनर वाइबाले भने यो राष्ट्रिय पर्व हो, यसलाई सभ्य एवं भव्य रुपमा सम्पन्न पारौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचित सदस्यहरु यस प्रकार छन् ।

आङछिरिङ शेर्पा
प्रदिप श्रेष्ठ
किरण मरहठ्ठा
विष्णु पौडेल
विश्व शाह
अनिल अधिकारी
यादव वास्तोला
विश्व बास्तोला
खेम भट्ट
सानुमाया तामाङ
टिका ढकाल
मनिता गुरुङ
कुन्ती थापा
सृजना स्याङदेन
अभय ढुङगेल
आङ जाङबु शेर्पा
हरिशचन्द्र हमाल
चन्द्र जिसी
प्रेम गोपाल महर्जजन
प्रभात सापकोटा
पुरुषोत्तम पन्थी
राजन गौली
मणि वाङदेल राई
एपि लामा
अन्जन श्रेष्ठ
मनोज सिंह
प्रकाश थापा
विक्की पुलामी
राजेश भट्ट
बिजय सिम्खडा
बिनिता तामाङ
दिवाकर पाण्डे
मिलन गुरुङ
रुद्र रावत
हरि शर्मा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com