बेइजिङमा राष्ट्रपति भण्डारी–सीबीच भेट, चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता भएको छ ।

बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा केही दिनयता राष्ट्रपति भण्डारी र सीबीच अनौपचारिक भेटघाट भएका थिए । सोमबार भने दुई देशका राष्ट्र प्रमुखबीच चीनको सरकारी मुख्यालय ग्रेट हलमा औपचारिक भेटवार्ता भएको हो ।

भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो राष्ट्रपति सी ले नेपाललाई समृद्धि तफ अघि बढ्न सहयोग गर्ने बताउनु भएको थियो । राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो । राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ ।

दुई राष्ट्रपतिबीचको भेटवार्ता पछि दुवै मुलुकका प्रतिनिधिमण्डल सहभागी छलफल भएको थियो । छलफलपछि दुवै राष्ट्रपतिको उपस्थितिमा व्यापार तथा पारवहन प्रोटोकलसहित चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली निकाय पाँच सदस्यीय स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गरेको दिवाभोजका क्रममा भण्डारी–सीबीच भेटवार्ता भएको हो। बीआरआई सम्मेलन समापनपछि राष्ट्रपति भण्डारीको सम्मानमा झाओले राष्ट्रपति सीसहितको दिवाभोज आयोजना गरेका हुन्। यो उच्च भेटवार्तासँगै राष्ट्रपति भण्डारीको बेइजिङको कार्यक्रम सकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com