जापानमा एक जना नेपालीको मृत्यु आकस्मिक निधन भएको छ ।
यही आइतवार चितवन स्थायी घर भई जापानको चिवामा बस्दै आएका बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यु भएको हो । हाल धितालको शवलाई चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानका लागि राखिएको बताईको छ । मृत्युको एकिन कारण नखुलेपनि हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका छ । उनको लिभरमा समस्या रहेको बताइएको छ ।
श्रीमतीसहित जापान बस्दै आएका उनका एक छोरा र एक छोरी भने नेपालमै छन ।
कुक भिसामा जापान आएका ४० वर्षीय धिताल हाल भने आफ्नै व्यवसायमा संलग्न रहेको बुझिएको छ । उनी देव नगर हाल भरतपुर चितवनका स्थानीय वासिन्दा हुन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
मृतकका दाई बिनोद धितालका अनुसार मृतकको शब नेपाल वा जापान दाह संस्कार गर्ने वारे नेपाल परिवारसंग सर सल्लाह पश्चात निर्णय गरिनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।