चलचित्र हेरेर हलभित्रै ३ घण्टा रोएपछि युवती अस्पताल भर्ना


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

विहीवार रिलिज भएको हलिउड चलचित्र एभेन्जर्स इन्डगेम  हेर्न हल पुगेकी एक युवती अस्पता भर्ना भएकी छिन् ।

चीनकी २१ वर्षकी यी युवती मार्वलको सुपरहिरो सिरिज एभेन्जर्स इन्डगेम चलचित्र हेर्न हलमा पुगिन् । चलचित्र हेरेपछि उनी निकै दुःखी भइन् र रुन थालिन् । चलचित्रको अब कुनै पनि नयाँ सिरिज नआउने भएपछि र चलचित्रमा महत्वपूर्ण कलाकारको मृत्यु भएपछि उनी दुखी भइन् ।

हलभित्रै निरन्तर तीन घण्टासम्म रुँदा उनको स्वास्थ्य स्थिति बिग्रन थाल्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पताल पुर्याउँदा उनलाई सास फेर्न समस्या हुनुका साथै हात खुट्टा पनि सुन्निएका थिए । डाक्टरले उनलाई अक्सिजन लगाए र उनलाई सामान्य अवस्थामा ल्याउन निकै सान्त्वना दिनुपरेको थियो ।

विश्वभर प्रदर्शनमा आएको चलचित्र अहिले चर्चामा छ । यो संसारको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा पनि समावेश भएको छ । यो चलचित्रले संसारभरी १ हजार १ सय ८६ करोड बढी कमाई गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com