करोडपति भारतीय प्रधानमन्त्री मोदी


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ ।

वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथ पत्रमा गत वर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६ सय २१ अर्थात ३५ लाख नेरुभन्दा थोरैले वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग केवल १ करोड भारुको अचल सम्पत्ति छ । मोदीले २५ अक्टोबर २००२ मा यो सम्पत्ति १ लाख ३० हजार ४ सय ८८ भारुमा खरिद गरेका थिए । यसमा उनले २ लाख ४७ हजार २ सय ८ भारु खर्च गरेका थिए । हाल यो सम्पत्तिको मूल्य १ करोड १० लाख भारु पुगेको छ । मोदीले कुनै पनि किसिमको कर्जा पनि लिएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com