गोल्डेन वीकमा यात्रुहरुको चाप कीर्तिमानी उचाइमा पुग्ने


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

जापानमा शनिवारबाट सुनौलो सप्ताह अर्थात गोल्डेन वीकको बिदा शुरुआत भएको छ । यससँगै यहाँ नयाँ सम्राटको राज्यारोहणको चर्चाले पनि जनमानसमा उत्साह ल्याएको छ । यस्तोमा बुलेट रेल स्टेशन, विमानस्थल र एक्सप्रेसवेहरुमा भीड बढेको छ । १० दिने बिदाको समयमा राजधानी छोडेर बाहिरिनेको संख्या उचाइमा पुगेको र अधिकांश बुलेट रेलहरुको रिजर्भ नगरिएका सिटहरुको अक्कुपेसि दर पनि शत प्रतिशत नाघेको बताएका छन् ।

अप्रिल ३० मा सम्राट अकिहितोको राजगद्धि त्याग र त्यसको अर्को दिन युवराज नारुहितोको राज्याभिषेकका कारण यससँग सम्बन्धित कार्यक्रम हुने इम्पेरियल प्यालेस नजिकको छेउछाउमा पर्यटकको आकर्षण बढेको पाइएको छ । अन्य क्षेत्रहरुमा पनि पर्यटकको आकर्षण उत्तिकै छ । सुनौलौ सप्ताहको बिदामा आन्तरिक रुपमा र विदेशी यात्रामा निस्कनेको संख्या नयाँ उचाइमा पुग्ने अनुमान गरिएको छ ।

अप्रिल २५ देखि मे ५ सम्म २४ लाख ६७ हजार जनाले यात्रा गर्न सक्ने जापानी ट्राभल एजेन्सी जेटीबी कर्पोरेशनले बताएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव २ प्रतिशतले बढी हो । त्यस्तै दक्षिण कोरिया, ताइवान, हवाई र यूरोप लगायतका गन्तव्य यात्रुहरुको विशेष रोजाइमा पर्ने गरेको छ । गत वर्षको अक्टोबर देखि निःशुल्क भिसा प्रवेश लागू गरेपछि म्यानमार जापानी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com