तुलसीपुरमा बस दुर्घटना : ४ जना घाईते, थप विवरण आउन बाकी


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

दाङको तुलसीपुरमा यात्रु बाहक बस दुर्घटना भएको छ । आईतबार बिहान दिउसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटना हो ।

प्रहरीका अनुसार तुलसीपुरबाट बिराट्नगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

 

तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत हात्तीखौवा नजिक बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका २ की जमुना वली, बबई गाउँपालिका २ का सिताराम वली, तुलसीपुर ५ का यज्ञ बहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com