न्युयोर्कमा हुने नेपाल डे परेड बहिस्कार गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आग्रह


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

न्युयोर्कमा हुने नेपाल डे परेड बहिस्कार गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आग्रह गरेको छ । फिप्नाका अध्यक्ष मान बहादुर रानामगरले वक्तब्य जारी गर्दै व्यक्तिको नाममा छुटै कम्पनी दर्ता गरि परेड संचालन गरिएको भन्दै बहिस्कारको आब्हान गरेका हुन् ।

आगामी मे १९, २०१९ आईतबारको दिन न्युयोर्कमा नेपाल डे परेडको आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका सम्पूर्ण सदस्य सस्थाहरु र फिप्नासंग सहकार्य गर्ने सस्थाहरुले छलफल गरी परेड बहिस्कार गर्ने निर्णय गरेको वक्तब्यमा जनाइएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहिचान र गर्वको लागि भन्ने अत्यन्तै भावनात्मक नारा दिएर राष्ट्रको नाममा ब्याक्तिगत स्वार्थको लागि केहि सिमित व्यक्तिहरुले परेड संचालन गर्न लागेको फिप्नाको आरोप छ । परेड बहिस्कार गरी सबै नेपालीहरुको एकता र सहकार्यका साथ निकट भविष्यमै आयोजना गर्ने बिशेष कार्यक्रमको बारेमा बृहत छलफलको लागि तयार रहन फिप्नाका तर्फबाट आब्हान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com