विवाह भोजमा जातीय भेदभाव गरेको भन्दै मिलापत्र


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कथित गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटनाको मिलापत्र भएको छ । दक्षिणा दिएर भोज नखाई फर्केका कथित गैरदलितहरूले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो ।

वैशाख ५ गते शुद्धोधन गाउँपालिका–५ फर्साटाकरस्थित आरती विकको विवाहको निम्तो मान्न आएका राजनीतिक तथा सामाजिक अगुवाहरुले दक्षिणा दिएर भोज नखाई जातीय भेदभाव गरेका थिए । यो घटनामा संलग्नलाई कारबाहीको माग चर्को रूपमा उठेको थियो । गाउँपालिकाको न्यायिक समितिले शुक्रबार रातिसम्म दुवै पक्षलाई छलफलमा राखेर भोज नखाई फर्केका गैरदलितले माफी माग्दै अब आइन्दा यस्ता घटना हुन नदिने र आफू पनि छुवाछूतविरुद्धको अभियानमा सामेल हुने सम्झौता गरी घटनालाई मिलापत्रमा टंग्याइएको हो ।

गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरी, उपाध्यक्ष एवं न्यायिक समिति संयोजक शान्तादेवी ज्ञवाली, जनप्रतिनिधि, जातीय छुवाछूत तथा भेदभाव अध्ययन अनुगमन समितिका सदस्य तथा दलित अधिकारकर्मीको रोहबरमा जातीय भेदभाव गरिएको ठहर गरिएको हो । जातीय छुवाछूत कानुनी रूपमा दण्डनीय रहेको तर समाजमा मेलमिलाप कायम गर्नुपर्ने र दुवै पक्षका रायका आधारमा न्यायिक समितिले मिलापत्र गराएको अध्यक्ष किसुनचन्द्रले बताए । उनले गाउँपालिका छुवाछूतमुक्त घोषणा भइसकेको तर व्यवहारमा त्यस्तो नदेखिएकाले अबदेखि यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएको बताए । याे समाचार विनाेद परियारले नागरिकमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com