फिचरघटना पोखराको जिरोमा दुर्घटना हुदाँ युवती घाइते


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

पोखराको जिरो किमिमा माइक्रो बस र स्कुटर ठोकिँदा शुक्रबार एक युवती घाइते भएकी छिन् ।

पृथ्वीचोकबाट हरिचोक तर्फ जादै गरेको ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर ठोकिदा सेदीबगर निवासी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते भएकी हुन् ।

घाइते थापाको रिजनल हस्पिटल जिरो किमिमा उपचार भएको छ । घाईतेको अवस्था सामान्य रहेको बताईएको छ ।

बस चालक २१ वर्षिय राजु नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com