नेपाली चेली मिरा राईले जितिन् ‘टप शाहसी बर्ष’ व्यक्तिको उपाधी


प्रकाशित मिति : माघ १४, २०७३ शुक्रबार

विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धा नेपाली चेली मिरा राईले जितेकी  छिन् ।

भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी थिइन् भने १४ वर्षको उमेरमा माओवादी छापामार बनेकी थिइन् । माओवादी मूलधारको राजनीतिमा आएपछि उनी ‘अयोग्य लडाकू’ घोषित भएकी उनी अहिले संसारकै प्रतिष्ठित अल्ट्रा म्याराथन रनर बनेकी छिन् ।

नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई एड्भेन्चर अफ द इयर छानेको थियो । त्यसपछि नेशनल जोग्राफिकले एकजना सबैभन्दा प्रेरक व्यक्ति  भोटमार्फत  छान्न अनुरोध गरेको थियो । १० जनामध्येबाट राई टप एड्भेन्चर अफ द इयर भएकी हुन् ।

कैयौं अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी उनी अहिले नेपाली महिलाहरूलाई अल्ट्रा म्याराथन दौडमा आफूभन्दा पनि माथि पुराउने परोपकारी अभियानमा जुटेकी छिन् ।

संसारभर नेपालको शान राख्दै दौडिरहेकी मिरा राईलाई जिताउन फेसबुकमा अभियान नै चलाइएको थियो ।

cjordisaragossa_sa_5019-ngsversion-1478179466517-adapt-768-1

cjordisaragossa_sa_6137-ngsversion-1478179458336-adapt-885-1

img_0349-ngsversion-1478290337391-adapt-676-1

img_0556-ngsversion-1478290360603-adapt-676-1

mira-dolomites-sky-race-finish-pegasomedia-ngsversion-1478290232183-adapt-768-1

mira-rai-3-ngsversion-1478179449235-adapt-768-1

mira-rai-print-traildeligeroi2014hd-63-ngsversion-1478179447441-adapt-768-1

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com