अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन पूर्व तयारी


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

हरेक वर्ष जस्तै यस वर्ष पनि युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन बिभिन्न पूर्व तयारी गरेको छ ।

अर्गनाईजेशनका केन्द्रीय सभापति बिष्णु राईका अनुसार वाशिंगटन डी सी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भानिया (डी एम भी पी) मा मे ५ तारिख र क्यालिफोर्नियामा जुन १ तारिख, साकेला कार्यक्रम हुने भएको छ ।

त्यस्तै केन्द्रीय साकेला मे १९ मा न्युयोर्कमा हुने तथा साकेलाको अघिल्लो दिन मे १८ मा अर्गनाइजेशनको केन्द्रीय अधिवेशन पनि हुने भएको छ । यो वर्षको साकेला जुन १६ मा बोस्टनको वाटरटाउन स्थित आर्सनल पार्कमा गरिने र त्यो दिनको कार्यक्रममा यो वर्षको अन्तिम मैजारो हुने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो वर्ष केन्द्रीय कमिटको साकेला कार्यक्रम युनाइटेड किराँत राई अर्गनाइजशेन अफ अमेरिकाका पूर्वसभापति तथा हालका सल्लाहकार प्रभाकर राईको संयोजकत्वमा हुने भएको छ ।

त्यस्तै युनाईटेड किराँत राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरको साकेला मई ५ मा हुने भएकोले अमेरिकाका सबै राज्यका राईहरुलाई उपस्थिति भइदिन अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन ।

न्यूईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार साकेलाको उपलक्ष्यमा अमेरिकी रेडक्रस सँगको सहकार्यमा सदा झैं यो वर्ष पनि अप्रिल २७ मा ‘रक्तदान जीवन दान’ भन्ने नाराको साथ रक्तदान कार्यक्रमको आयोजना गरिदैंछ ।

न्यु हेम्प्शायरको स्ट्राडम्स्थित द आइ पी पी आइको अफिसमा रक्तदान गरिनेछ । साथै सोहि दिन न्यू ईङगलैण्ड च्याप्टरको अधिवेशन समेत गरिनेछ । राईका अनुसार ढोल झ्याम्टाको विधिवत रुपमा पुजा गरि साकेला प्राक्टिस शुरु गरिएको छ ।

केन्द्रीय साकेला न्यूयोर्कको लागि सहभागी हुन साकेला नृत्य टोलीहरु पनि तयार गरिएको छ । अर्गनाइजेशनका न्युयोर्क च्याप्टर सभापति केशब राम राईका अनुसार सहभागीहरुका लागि होटल तथा सभाहल र साकेला कार्यक्रमको लागि पार्क बुक गरि सकिएको छ । उनका अनुसार न्युयोर्कको क्विन्स ब्रिज पार्कमा मे १९ मा हुने भएको साकेलाको लागि ढोल झ्याम्टाको विधिवत रुपमा पूजा गरि साकेला नाच प्राक्टिस शुरु गरिएको छ ।

अर्गनाइजेशनका सल्लाहकार डी एम भी पी का प्रतिनिधि मिलन राईका अनुसार आगामी जुन ५ मा मेरिल्याण्डमा गरिने साकेलाको पूरा तयारि गरि सकिएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित स्थानीय ब्लाक हिल रिजनल पार्क लेक रिज ड्राइभमा कार्यक्रम गरिने र पार्क बुक गर्ने देखि लिएर अतिथिहरुको लागि होटल बुकिङ्ग गरिएको कुरा बताएका छन् ।

क्यालिफोर्निया लोकल च्याप्टर सभापति जोर बिर राइका अनुसार यसपटकको साकेला कार्यक्रम जुन १ मा सनफ्रान्सिस्को शहर नजिकै फ्रीमोन्ट टाउनमा गर्न लागिएको छ र अतिथीहरुलाई निम्तो दिने लगायतको कार्यहरु सम्पन्न गरिएको कुरा उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com