आफ्नै श्रीमतीको जलाएर हत्या गर्ने प्रयास


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

सिरहामा घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डललाई श्रीमानले शरीरमा आगो लगाई दिएका छन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा मण्डलको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार बिहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौँ ।’, उहाँले भन्नुभयो ‘घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजि भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com