सापटी लिएको ३ हजार फिर्ता नदिएको भन्दै हत्या


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

सापटी मागेको ३ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै हत्या गरेकाे आरोपमा एक पुरुष पक्राउ परेका छन् । सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगर हत्या आरोपमा पक्राउ परेका हुन् ।

लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङले उनीबाट ४ हजार ५ सय रपैयाँ सापटी लिएको र सोमध्ये ३ फिर्ता नदिएको भन्दै चिया पसलेसमेत रहेका वृद्ध रतनबहादुरको
ज्ञानबहादुरले हत्या गरेकाे हो ।

धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका ज्ञानबहादुरलाई इलाका प्रहरी कार्यालय लहानले बिहीबार सार्वजनिक गरेको हो ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढीमा फेला परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com