एसाइलम अन्तरवार्तामा जाँदा अपनाउनुपर्ने ११ सावधानी


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

युएससीआईएसमा एसाइलमको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ दिनुभएको छ ११ टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहको लागि तपाईले श्रेष्ठलाई उहाँको कानुनी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

टिप्स १

युएससीआईएसमा एसाइलमका लागि आवेदन दिइसकेपछि अन्तरवार्ताको समय आउन केही समय लाग्ने भएपनि अन्तरवार्ताको मिति आउनुभन्दा अगाडि नै सबै कागजातहरु तयारी अवस्थामा राख्नुपर्छ । अन्तरवार्ताको मिति तय भइसकेपछि १० दिनदेखि दुईहप्तासम्मको मात्र समय हुने भएकाले आवेदन दिनासाथ वा दिनुभन्दा अगाडि नै कागजातहरु पूर्णरुपमा तयारी अवस्थामा राख्नुपर्छ । घटनाहरुमात्र बताएर नहुने भएकाले सम्बन्धित सबै कागजात तयारी हालतमा हुनुपर्छ । कसैलाई कुटपिट भएर अस्पताल गएको अवस्थामा त्यस्ता आवेदकले मेडिकल रेकर्ड तयारी अवस्थामा राख्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिप्स २

आफ्ना सबै कागजपत्रहरु पुनर्ताजगीका लागि राम्रोसँग अध्ययन गर्न जरुरी छ । मिति, घटनाक्रम र स्थानहरु राम्रोसँग पुन स्मरण गर्नुपर्छ । अन्तरवार्ताको लागि जाँदा प्राय व्यक्ति नर्भस हुने भएकाले राम्ररी थाहा पाएको कुरा पनि आत्तिएर विर्सने समस्या हुन्छ । त्यस्तो अवस्था नआउनका लागि कागजातहरु रिभ्यु गर्ने, गल्ती नहोस् भन्नका लागि कागजातमा भएका कुराहरु राम्रोसँग याद गर्न जरुरी हुन्छ ।

टिप्स ३

अन्तरवार्तामा जाँदा राम्रोसँग अनुवाद गर्नसक्ने दोभाषे लैजान जरुरी छ । आवश्यक कागजात भएपनि कमजोर अँग्रेजी हुनेहरुले र अँग्रेजीमा खुलेर बोल्न नसक्नेहरुले राम्रो दोभाषे लैजानुपर्छ । लगेको दोभाषेले राम्रोसँग अनुवाद गर्न नसकेको अवस्थामा समस्या आउने गर्छ । आवेदकले पाँचवटा बाक्य बोल्दा दोभाषेले तीनवटा बाक्य अनुवाद गरेको खण्डमा आवेदकको जवाफ अफिसरले सुन्न पाउँदैन । त्यसैले दोभाषे छान्दा विशेष ध्यान दिनुपर्छ ।

 

टिप्स ४

यदि एसाइलमको अन्तरवार्ता हुने स्थानमा पहिले कहिले पनि गएको छैन भने अन्तरवार्ता हुनुभन्दा एकदुईदिन अगाडि नै त्यहाँ पुगेर लोकेशन पत्ता लगाएर बसिरहनु उपयुक्त हुन्छ । अहिले न्युयोर्कको बेथपेजमा एसाइलम अन्तरवार्ताको अफिस छ । त्यहाँ पहिले नै पुगेर लोकेशन पत्ता लगाएर आएमा अन्तरवार्ताको दिनमा अलमलिनु पर्दैन । हराइएमा, जीपीएसले काम नगरेमा पनि समयमा पुग्न नसक्ने हुनसक्छ । त्यसैले स्थान, त्यहाँ पुग्न लाग्ने अवधि, त्यहाँ पुग्नका लागि प्रयोग गरिने साधनका बारेमा पहिले नै जानकारी राख्नुपर्छ ।

टिप्स ५

अन्तरवार्ताका स्थलमा सकिन्छ एक घण्टा नभए कम्तीमा आधा घण्टा पहिले पुग्नुपर्छ । यदि अन्तरवार्ताका लागि ढिलो पुगेमा समस्या हुनसक्छ । आधा घण्टामात्र ढिलो पुगेपनि अन्तरवार्ताको मिति सारिन्छ । नयाँ अन्तरवार्ताका लागि फेरी ६ महिनादेखि १० महिनासम्म लाग्नसक्छ । त्यसैले अगाडि नै पुगेर चेकइन गर्नुपर्छ । त्यसो गर्दा आफूलाई कैयन कुराहरु स्मरण गर्ने समय मिल्छ, हतपत हुँदैन र अफिसरको अगाडि पुग्दा शान्तमुद्रामा पुग्न सकिन्छ ।

टिप्स ६

अन्तरवार्ताका लागि जाँदा आफ्ना कागजातहरु तीनप्रति बनाएर लैजानुपर्छ । कागजातहरु अन्तरवार्ताका लागि अफिसरले बोलाउनुभन्दा अगाडि नै रिभ्यु गरेको हुन्छ । आवेदन, अन्तरवार्ता र डकुमेन्ट रिभ्यु गरिने भएकाले राम्रोसँग मिलाएर कागजातहरु लैजानुपर्छ । कागजातहरु लिष्ट बनाएर दिनुपर्छ, असरल्ल खुल्ला दिनुहुँदैन । प्याकेट बनाएर ट्याब र इन्डेक्स बनाएर दिनुपर्छ ।

टिप्स ८

अन्तरवार्तामा जाँदा गल्ती बोल्नु हुँदैन । मितिहरु भन्दा कागजातमा नबाझिने गरी बोल्नुपर्छ । कुनै कुरा बाझिएमा समस्या उत्पन्न हुनसक्छ । पूरै मिति याद नभएको खण्डमा महिना र बर्षमात्र बताउन सकिन्छ तर गलत मिति बताउनु हुँदैन ।

टिप्स ९

घटनाक्रमका मिति बताउँदा अँग्रेजी मिति बताउनुपर्छ । नेपाली भाषामै अन्तरवार्ता दिएपनि मिति भने अँग्रेजी बताउँदा सहज हुन्छ । नेपाली मिति बताउँदा दोभाषेले तत्काल अनुवाद गरेर बताउन सम्भव नहुने भएकाले अँग्रेजी मिति प्रयोग गर्नुपर्छ । कम्प्युटर प्रयोग गरेर मिति अनुवाद गर्दा सम्म अफिसरले पर्खने बस्ने समय हुँदैन । अनुवादमा ढिलासुस्ती भएमा, आवेदकले राम्रोसँग बोल्न नसकेमा आफिसरले झिंजो मान्ने समस्या आउनसक्छ ।

टिप्स १०

कागजातहरु लैजाँदा ओरिजिनल प्रतिहरु पनि लैजान आवश्यक छ । तीनप्रति कपीहरु बनाएर लगेपनि ओरिजिनल कागजातहरु फोटो कपी गरिएका कागजातकै अर्डरमा मिलाएर आफूसँग राख्नुपर्छ । ओरिजिनल कागजातहरु बुझाउनुपर्ने नभएपनि अफिसरले फोटोकपी गरिएकोसँग ओरिजिनल भिडाउन चाहेमा ओरिजिनल कागजातहरु देखाउनुपर्ने हुन्छ ।

टिप्स ११

अन्तरवार्ताका लागि जाँदा पार्टीमा जाँदाजस्तो सुटबुट लगाएर जानुपर्दैन । जिन्सहरु नलगाउँदा राम्रो हुन्छ । धेरै अनौपचारिक कपडा नलगाउनु बेस हुन्छ । साधारण खालको सर्टपाइन्ट र भएमा एउटा कोट लगाउँदा राम्रो हुन्छ । नभए सफा स्वेटर लगाएर जाँदा हुन्छ । तर उत्तेजित हुने खालका कपडाहरु लगाउनुहुँदैन । सुटटाई लगाएर जान पनि जरुरी छैन । तर कपडा भद्र भलाद्मी देखिने खालको लगाउनुपर्छ । कपाल लामो छ भने काटेर जानुपर्छ । हेर्दा पनि राम्रो खालको, डिसेन्ट खालको मान्छे देखिने गरी गएमा अफिसरलाई पनि राम्रो प्रभाव पर्छ ।

तस्विर : विकीहाउ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com