४९ वर्षीया महिलाले जन्माइन् ३८ सन्तान


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

के तपाई पत्याउनु हुन्छ कसैले ३८ सन्तान जन्माउन सक्छन् भनेर ? तर, त्यस्तै भएको छ । युगान्डाकी ३९ वर्षीया महिलाले ३८ वटा बच्चा जन्माएकी छन् ।

अफ्रिकी मुलुक युगान्डाकी ३९ वर्षीया महिलाका ३८ जना सन्तान छन् । मरियम नाताम्बाजी नाम गरेकी यी महिलाले बिवाहको २४ वर्षमा यतिधेरै सन्तान जन्माएकी हुन् । युगान्डाको मुकानोमा बस्ने मरियमले १२ वर्षको उमेरमा ४० वर्षीय पुरुषसँग विवाह गरेकी थिइन् ।

१३ वर्षको उमेरमै जुम्ल्याहा सन्तान जन्माएकी उनी ३८ सन्तानकी आमा बनेकी छिन् । सन्तान जन्माउने क्रममा उनले ६ पटक जुम्लयाह, चार पटक तीनवटा तिम्ल्याहा, तीन पटक चारवटा र दुई पटक एक एकवटा सन्तान जन्माइन् । उनले आफ्ना सबै सन्तान प्राकृतिक रुपमा नै जन्माएकी हुन् भने उनी अहिले पनि शारीरिक रुपमा स्वस्थ छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com