भूकम्प प्रतिरोधी संरचना बनाउन : प्रधानमन्त्री ओली


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणकै लागि आर्थिक र प्राविधिक सहयोग दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । “यसपछिका भूकम्पले ती संरचनालाई असर नगरोस् भन्ने मुख्य उद्देश्यले अझ बलियो र राम्रो संरचना निर्माणका लागि सरकारले अनुदान दिएको हो, यसको सदुपयोग गरी तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो । “हाम्रा पुर्खा वीर मात्र नभई विद्वान्समेत भएको कुराको प्रमाण सम्पदा, प्राचीन ग्रन्थ, वेद, पुराण हो, सांस्कृतिक वैभव भएको हाम्रो देश कहिल्यै कसैको उपनिवेश बनेन, यसको महत्व आधुनिककालमा अझ बढ्दै गएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

काठमाडौँ बाहिरका ऐतिहासिक सम्पदाको पनि पुरानै स्वरुपमा बलियो पुनःनिर्माण भइरहेको प्रधानमन्त्री ओलीले सुनाउनुभयो । सम्पदाको धनी देश भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा पनि उहाँले सरोकार भएका निकायलाई सचेत गराउनुभयो । प्राधिकरणको बाँकी अवधि २० महीनामै पुनःनिर्माणका काम सक्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । अनावश्यक र अनुचित विवादमा नअल्झी पुनःनिर्माणको काम गर्न उहाँले सुझाव दिनुभयो । बागदरबार मासिइसकेकाले हरिशम्शेरको दरबारलाई फेरि बागदरबार भनेर विवाद गर्न नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो । पुनःनिर्माणमा राम्रो काम गर्ने सबैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक सम्पदाबाहेक भूकम्पले क्षतिग्रस्त संरचना २० महिनामै पुनःनिर्माण सम्पन्न हुने प्रतिबद्धता जनाउनुभयो । सांस्कृतिक इतिहास बोकेको काठमाडौँ उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सातै सम्पदाको गुरुयोजना निर्माण गरी भूकम्प प्रतिरोधी बनाउन लागिएको तथा भूकम्प प्रभावित क्षेत्रका ६२ सम्पदा बस्तीका लागि प्राधिकरणले विशेष कार्यक्रम ल्याएको जानकारी दिनुभयो । खरीद कार्यविधि संशोधन गरी रु १० करोडसम्म पुनःनिर्माण हुने सम्पदा उपभोक्ता समितिलाई दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा समन्वयका साथ तीव्रता दिन माग गर्नुभयो । शहरभित्रका घर अझै पुनःनिर्माण हुन नसकी टेको लगाएर राखिएकाले सहुलियत ऋणको व्यवस्था सहज बनाउनुपर्ने उहाँको भनाइ थियो । “४० लाख महानगरवासीले सेवा लिने भवन पुनःनिर्माण गर्न नदिने खेल भइरहेको छ, महानगरका ३२ वटै वडा पुनःनिर्माण हुँदैछन्, महानगर भवन पुनःनिर्माणको अवरोध हटाउन म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु”, शाक्यले भन्नुभयो । प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पछिल्लो समय पुनःनिर्माणले तीव्रता लिइरहेको जानकारी गराउनुभयो ।

सम्पदा अवलोकन भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभयो । पुनःनिर्माण भइरहेको काष्ठमण्डपको उहाँले अभिरुचिपूर्वक बाँसको भ¥याङ उक्लेर माथिल्लो तलामा गई निरीक्षण गर्नुभयो । भूकम्पअघि महानगरीय प्रहरी परिसर रहेको भवनमा काष्ठमण्डप पुनःनिर्माणका लागि बनिरहेको काठको कार्यशालाका गतिविधि पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभयो । कालभैरव मन्दिरअघि भूकम्पमा परी निधन भएकाहरुको शान्तिका लागि भइरहेको धार्मिक कार्यक्रम सहभागी भई उहाँले टीका प्रसाद ग्रहण गर्नुभयो । दरबार क्षेत्रमै विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किई महानगरपालिकाले पुनःनिर्माण गरेको शिव मन्दिरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो ।

हनुमानढोका दरबारभित्र प्रवेश गरी नासलचोक, नौतले दरबारलगायत संरचना पुनःनिर्माणको पनि उहाँले रुचिपूर्वक अनुगमन गनुर््भयो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिकासमेत सहभागी हुनुहुन्थ्यो । वसन्तपुर दरबार क्षेत्रमा कार्यक्रम शुरु हुनुअघि नै उहाँले त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवलोकन गर्नुभएको सो अवसरमा जानकारी गराइएको थियो । चार वर्षअघि ११ः५६ को भूकम्पको सम्झनामा निधन हुनेप्रति सोही समय पारेर श्रद्धासुमन व्यक्त गरिएको थियो ।

उत्कृष्टलाई सम्मान चौथो स्मृति दिवसका अवसरमा पुनःनिर्माणमा राम्रो काम गर्ने स्थानीय तह, वडा, जिल्ला आयोजना कार्यान्वयन एकाइलाई सम्मान गरिएको थियो । उत्कृष्ट काम गर्ने स्थानीय तहमा रसुवाको नवकुण्ड, गोरखाको बारपाक सुलिकोट र दोलखाको कालिञ्चोक गाउँपालिका छन् । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ तथा रसुवा, गोरखा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका जिल्ला आयोजना कार्यान्वयन एकाइलाई पनि प्रधानमन्त्री ओलीले सो अवसरमा सम्मान गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com