राष्ट्रपतिद्धारा चीनको टेराकोटा म्युजियमको अवलोकन


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको टेराकोटा वरिर्यज म्युजियमको अवलोकन गर्नुभएको छ । टेराकोटा आर्मी चीनको सबभन्दा महत्वपूर्ण एक पुरातात्तिवक खोज हो ।

पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठूलो र विशेषखालको समाधिस्थल हो । त्यस समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरु इजिप्टको पिरामिड जत्तिकै प्रशिद्ध छन जसलाई विश्वका आठवटा आश्चर्यमध्ये एक मानिएको छ।त्यस समाधिस्थलको निर्माणका लागि उनले देशभरिका सात लाख मानिसहरुलाई लगाएका थिए। ती मानिसहरुले झण्डै चालिस वर्ष लगाएर सो समाधिस्थलको निर्माण गरेका थिए।

त्यस समाधिस्थल चीनको पल्लो सान्सी प्रान्तको सिआन शहरको कछाड क्षेत्रको लि शान पहाडमा अवस्थित छ जसको क्षेत्रफल छपन्न वर्ग्किलोमिटर छ । त्यस समाधिस्थल दक्षिणदेखि उत्तरसम्म तीन सय पचास मीटर र पूर्वदेखि पश्चिमसम्म तीन सय पैतालिस मीटर छ। त्यस समाधिको उचाइ छहत्तर मीटर छ । चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलको वरिपरि पाँच सयभन्दा बढी चिहानहरु पत्ता लगाएका छन। ती चिहानहरु त्यस समाधिस्थलको निर्माण गर्ने मानिसहरुको चिहान हुन। ती पूरातत्वविदहरुले समाधिस्थलमा टेराकोटा सिपाहीहरु पनि पत्ता लगाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् ०९७४ मा स्थानीय बासिन्दाहरुले एउटा इनार खन्नलाग्दा धेरै पूराना इँट र विशेषखालको माटो निस्केको थियो। पूरातत्वविदहरुले ती इँटका टुक्रा तथा माटो देख्नेबित्तिकै एउटा पत्तालागेको अनुमान गरे । त्यसपछि त्यहाँ उत्खनन गर्दा विश्व प्रख्यात टेराकोटा सिपाही देखा परे। उत्खननपछि त्यहाँ टेराकोटा सिपाहीहरु गाडिएको स्थानमा पाँच सय सिपाहीहरु, अठारवटा सैनिक वाहन र एक सयभन्दा बढि घोडा भेट्टिएका छन। ती सिपाहीका मूर्तिहरु सबै मानिसको औषत उचाइ एक दसमलब आठ मीटर छ।

यी मूर्तिहरुमा छिङ वंशको उच्चस्तरीय कला प्रतिबिम्बित भएको छ। विश्वका विभिन्न मुलुकका जनतालाई टेराकोटा एकदमै मन पर्छ। अधिकांश विदेशी पर्यटकहरुले टाढा–टाढाबाट चीन आएर यी टेराकोटा सिपाहीको अवलोकन गर्नेगरेका छन। केही वर्षदेखियता त्यस समाधिस्थलमा पचास हजारभन्दा बढी महत्वपूर्ण ऐतिहासिक वस्तु फेला पारिएको छ। सन १९८०मा चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलमा फलामको घोडा–गाडी पत्ता लगाएका थिए । त्यो घोडा–गाडीको आकार वास्तविक घोडा–गाडीको आधा जति छ । सन १९८७ मा युनेस्कोले त्यस समाधिस्थल र टेराकोटा सिपाहीहरुलाई विश्व साँस्कृतिक संपदा सूचीमा समावेश गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com