राष्ट्रपति भण्डारी आज चीन जानुहुँदै


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उँहा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको निमन्त्रणमा जान लाग्नु भएकाे जनाकारी दिनु भएकाे थियाे ।

यही वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनुहुने छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीले पनि भ्रमण कार्यक्रमका विविध पक्षबारे जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी र सञ्चारकर्मी रहनुहुनेछ । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com