पुनर्निर्माणको चार वर्ष : खर्च ५१ प्रतिशत, काम ३२ प्रतिशत


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जम्मा ३२ प्रतिशत मात्र उपलब्धी देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार प्राधिकरण गठनपछिको ४० महिनाको प्रगति सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।

भूकम्पपछिको चार वर्षमा ३२.११ प्रतिशत मात्र प्रगति भएको छ। खर्चतर्फ भने कुल सुरुको लागत अनुमान ९ खर्ब ३८ अर्बको २५.२६ प्रतिशत तथा हालसम्म विनियोजित बजेटमध्ये ५१ प्रतिशत खर्च भएको छ। हाल प्राधिकरणले कुल लागत अनुमान संशोधन गरेर ७ खर्ब ३७ अर्ब लाग्ने उल्लेख गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com