पूर्व उपराष्ट्रपति बाइडेन राष्ट्रपतिमा उठ्ने


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

ओबामा कार्यकालमा अमेरिकी उपराष्ट्रपतिका रुपमा काम गरेका जो बाइडेनले सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । उनले बिहिबार उम्मेदवारीको औपचारिक घोषणा गर्ने जनाइएको छ ।

बाइडेनले आधा शताब्दी लामो आफ्नो राजनीतिक यात्रामा सबैभन्दा ठूलो चुनौतीको सामना गर्न लागेका हुन् । चुनावी अभियानको पहिलो कार्यक्रम भने उनले पिट्सबर्गमा सोमबार गर्ने तय भएको छ । त्यसपछि आयोवा, साउथ क्यारोलिना र न्यु ह्याम्पशायर लगायतका स्थानमा कार्यक्रम गर्ने जनाइएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा उम्मेदवारीको घोषणा गर्ने २० औं डेमोक्र्याट हुनेछन् । डेमोक्रेटिक प्राइमरी जितेको खण्डमा मात्र उनी राष्ट्रपतिको अन्तिम उम्मेदवार बन्नेछन् ।

७६ बर्षका बाइडेन राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने दोश्रो धेरै उमेरका राजनीतिज्ञ हुन् । यसअगाडि ७७ बर्षका बर्नी स्याण्डर्सले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com