ओभरस्टे हुनेमाथि कारवाही गर्न ट्रम्पले गरे मेमोमा हस्ताक्षर


प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा प्रवेश गरेर भिसा सकिएपछि पनि अमेरिका नछाड्नेहरुमाथि कारवाहीका लागि राष्ट्रपति डोनाल्य ट्रम्पले लडाईको नयाँ अध्याय सुरुवात गरेका छन् । सोमबार ट्रम्पले अमेरिकामा ओभरस्टे हुनेहरुमाथि कारवाहीका लागि आफ्नो प्रशासनलाई आदेश दिएका हुन् ।

सेक्रेटरी अफ स्टेट र सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीलाई निर्देशनात्मक मेमोमा हस्ताक्षर गर्दै ट्रम्पले ओभरस्टेहुनेमाथि कारवाहीका लागि योजना पेश गर्न चारमहिनाको समयसिमा दिएका छन् । धेरै व्यक्ति ओभरस्टे हुनेदेशका नागरिकलाई भिसा नदिनेसम्मका योजनाहरु त्यसमा समावेश हुने जनाइएको छ ।

आर्थिकबर्ष सन् २०१६ देखि २०१७ सम्म अमेरिकामा एक दशमलव २ मिलियन विदेशीहरु ओभरस्टे भएको अमेरिकी सरकारको तथ्यांक रहेको छ । सन् २००६ मा पिउ रिसर्च सेन्टरले गरेको एउटा शोध अनुशार अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनमध्ये झण्डै ५० प्रतिशत विभिन्न भिसामा अमेरिका प्रवेश गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com