श्रीलङ्का बिस्फोटः बेलायती दाजु–बहिनी पहिलो बम बिस्फोटमा बाँचे तर दोस्रोले लियो ज्यान
प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार
श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा बेलायती दाजु–बहिनीको मृत्यु भएको छ । उनीहरु पहिलो बम बिस्फोटमा बाँचेका थिए तर दोस्रोलाई उनीहरुले जित्न सकेनन् ।
ड्यानियल लिन्से, १९, र बहिनी एमिली,१५, को कोलोम्बोस्थित साङ्ग्रीला होटलमा मृत्यु भएको हो ।
बिदा मनाउन श्रीलङ्का आएका उनीहरुको छुट्टीको अन्तिम दिन मृत्यु भएको हो ।
६१ वर्षे उनीहरुका बुवा म्याथ्यू भने बाँच्न सफल भए ।
उनीहरुका आमा एन्जेलिनाले भनिन्, ‘एमिलीलाई निकै रमाइलो गर्नुपर्छ । उनी निकै स्मार्ट र सुन्दर थिइन् । निकै मायालु, सबैको हेरबिचार गर्ने र बुझ्क्कड पनि । उनी आफ्नो परिवार र साथीभाइलाई निकै माया गर्थिन् । ड्यानीको स्वभाव पनि त्यस्तै थियो ।’
उनीहरु बेलायतमा जन्मिएका हुन् तर बुवा अमेरिका जन्मिएकाले अमेरिका–बेलायत दुबैको नागरिकता थियो ।
उनीहरुका २१ वर्षे दाजु डेभिडले द सनलाई भने, ‘उनीहरुलाई अस्पताल पनि पुर्याइयो तर बचाउन सकिएन ।’
‘उनीहरुको अस्पताल पुर्याउनु अघि नै मृत्यु भइसकेको भन्ने मलाई लाग्छ ।’
‘उनीहरुको अभाव हामीले अहिले नै महसुस गर्न थालिसकेका छौं ।’





