बच्चालाई कारबाट ओराले त्यसपछि फोनमा कुरा गर्दागर्दै तीन वर्षेमाथि गाडी चलाए (भिडियोसहित)
प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार

गाडी चलाउने बेला फोनमा कुरा गर्न नहुने भन्दै पटक–पटक अभियान नै चलाइन्छ । तर धेरैले यो कुरा अनुसरण नगरेको जस्तो देखिन्छ । गाडी चलाउने बेला फोनमा कुरा गर्दा कस्तो क्षती हुन्छ, त्यो भिडियोमा हेरेर बुझ्न सक्नुहुन्छ । यो घटना भारतको दिल्लीस्थित भरत नगरको हो । गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् ।
त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् । तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए ।
बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । भिडियोमा बच्चा रगताम्मे भएको देख्न सकिन्छ ।
गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाको साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् । बच्चाको नाम गुलाम हो । पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए । तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ जहाँ बच्चालाई AIIMS मा रिफर गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ ।
भरत नगर पुलिसले सिसिटिभी फुटेको आधारमा कार सवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।
दिल्ली के भारत नगर का #CCTV. फोन पर बात करते करते बच्चे को कार से उतारा और बिना ध्यान किये गाड़ी चलाई और बच्चे को कुचल दिया। बच्चे की हालत गंभीर बनी हुयी है। #SafeDriving #NoMobileWhileDriving #RoadSafety pic.twitter.com/iWO4w8bPT5
— Jitender Sharma (@capt_ivane) April 23, 2019